दुर्गा प्रसाईँका समर्थकलाई गरेको धरपकडमा कमल थापाको आपत्ति

भक्तपुर न्यूज

८ मंसिर २०८० ९:५५

दुर्गा प्रसाईँका समर्थकलाई गरेको धरपकडमा कमल थापाको आपत्ति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आज दुर्गा प्रसाईँका समर्थकलाई प्रहरीले धरपकड गरेकोप्रति आपत्ति जनाएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई नजरबन्दमा राखेको तथा उनका समर्थकलाई धरपकड गरेपछि अध्यक्ष थापाले आपत्ति जनाएका हुन् ।

‘शान्तिपूर्ण विरोध प्रदर्शन, जुलुस र सभा गर्न पाउने संवैधानिक अधिकारको अपहरण गर्दै आज काठमाडौंमा जथाभावी धरपकड गर्ने, नजरबन्द गर्ने र प्रदर्शन निषेध गर्ने सरकारको निरंकुश र दमनकारी कार्यको राप्रपा नेपाल भर्त्सना गर्दछ,’ थापाले सामाजिक सञ्जालमार्फत भनेका छन, ‘प्रशासनिक दमनबाट होइन, वार्ता र सहमतिको आधारमा समाधान खोजिनु पर्छ ।’

प्रकाशित मितिः २०८० मंसिर ०८ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय