बुटवलमा बलेरो जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

भक्तपुर न्यूज

८ मंसिर २०८० ८:४५

बुटवलमा बलेरो जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौं । बुटवलको नहरपुरमा बलेरो पिकअप जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। रूपन्देहीको बेलवास बेथरी सडकखण्ड अन्तर्गत बुटवल ११ नहरपुरमा लु १ च ७०२४ नम्बरको बलेरो पिकअप र लु ६१ प ५५०८ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक किशोर केसीले दुर्घटनामा गम्भीर घाइते बुटवल ११ निवासी ४५ वर्षीय शालिकराम खनालको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको बताए।

दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक बुटवल-११ निवासी शेखर पोखरेलको भने लुम्बिनी प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मितिः २०८० मंसिर ०८ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय