संगीतकी देवी भन्दै रणवीरले मेनुका पौडेलको खुट्टा ढोगेर लिए आशीर्वाद

भक्तपुर न्यूज

८ मंसिर २०८० ८:३१

संगीतकी देवी भन्दै रणवीरले मेनुका पौडेलको खुट्टा ढोगेर लिए आशीर्वाद

काठमाडौं । गायिका मेनुका पौडेलको गायकीको बलिउड अभिनेता रणवीर कपुरले तारिफ गरेका छन् । इन्डियन आइडलको मञ्चमा अतिथिको रूपमा पुगेका रणवीरले आफ्नो नाम बताउँदै मेनुकाको गायकीको तारिफ गरेका हुन् ।

रणवीरले मेनुकालाई ‘संगीतकी देवी’ भन्दै उनीसँग आशीर्वाद लिन चाहेको बताएका छन् । रणवीरले मेनुकाको पाउ छोएर सम्मान गर्दै आशीर्वाद लिएको इन्डियन आइडलको भिडियोमा देखिएको छ ।

मेनुकाले रणवीरकै अघिल्लो चलचित्र ‘अगर तुम साथ हो’ गाउँदा रणवीर भावविह्वल भएर सुनिरहेको देखिन्छ । रणवीर आफ्नो चलचित्र ‘एनिमल’को प्रचारका अभिनेत्री रश्मिका मन्दानासँगै इण्डियन आइडलको मञ्चमा पुगेका थिए ।

प्रकाशित मितिः २०८० मंसिर ०८ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय