बुटवलबाट आठ ग्राम ब्राउन सुगरसहित तीनजना पक्राउ
काठमाडौं । बुटवलबाट आठ ग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । लागुऔषध बिक्री भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, बुटवलले बुटवल–११ देवीनगरबाट ७ ग्राम ९० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ बस्ने २८ वर्षीय सुनील श्रेष्ठ, बुटवल–९ बस्ने २१ वर्षका साहिल थापा र तिलोत्तमा नगरपालिका वडा–७ बस्ने २९ वर्षका सागर लम्साललाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी दानबहादुर थापाले जानकारी दिए ।
उनीहरूलाई लागुऔषध कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०८० मंसिर ०७ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
