सुरुङ भत्किँदा फसेका मजदुरहरुको उद्धारको काम अन्तिम चरणमा

भक्तपुर न्यूज

७ मंसिर २०८० ९:५९

सुरुङ भत्किँदा फसेका मजदुरहरुको उद्धारको काम अन्तिम चरणमा

काठमाडौं । भारतको उत्तरकाशीमा सुरुङ भत्किँदा फसेका ४१ जना मजदुरको उद्धारको काम अन्तिम चरणमा पुगेको छ । अघिल्लो आइतवार सुरुङभित्र फसेका जीवित मजदुरलाई बाहिर निकाल्न उद्धारकर्मीले निरन्तर प्रयास गरिरहेका छन् ।

आज १२औँ दिन पनि बिहानैदेखि काम भैरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुलाई अर्को सुरुङ बनाएर बाहिर निकालिँदैछ । यसका लागि ड्रिलिङमा केही समस्या देखिए पनि सुरुङमा फसेका मजदुरसँग सम्पर्क स्थापित भइरहेको र आवश्यक अक्सिजन तथा खानाको आपूर्ति भैइहेको उत्तरकाशी जिल्लाका शीर्ष सरकारी अधिकारी अभिषेक रुहेलाले बताउनुभएको छ ।

उत्तरकाशी र यमुनोत्री मन्दिरलाई जोड्नका लागि सिल्क्यारा र डन्डालगाउँ सहरबीचको साढे चार किलोमिटर लामो सुरुङ निर्माण भइरहेको थियो । यो सुरुङ प्रधानमन्त्री नरेन्द्र मोदीको सडक परियोजनाको एक हिस्सा हो ।

प्रकाशित मितिः २०८० मंसिर ०७ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय