हमास-इजरायल युद्धबिराम बिहान १० बजेबाट लागू हुँदै

भक्तपुर न्यूज

७ मंसिर २०८० ५:१२

हमास-इजरायल युद्धबिराम बिहान १० बजेबाट लागू हुँदै

काठमाडौं । हमास र इजरायलबीच बिहीबार बिहान १० बजेबाट युद्धबिराम लागू हुँदैछ। दुवै पक्षबीच सहमति भए अनुसार डेढ महिनादेखि जारी युद्ध स्थानीय समय अनुसार आज बिहान १० बजेबाट बिराम हुने बीबीसीले जनाएको छ।

हमास र इजरायलबीच ४ दिनका लागि युद्धबिराम गर्ने सहमति भएको हो। युद्धबिरामको क्रममा दुवै पक्षले आफ्ना नियन्त्रणमा रहेका नागरिकलाई रिहा गर्ने सहमति भएको छ। सहमति अनुसार हमासले बन्धक बनाएका ५० जना इजरायलीलाई पहिलो चरणमा रिहा गर्नेछन् भने इजरायलको नियन्त्रणमा रहेका १५० जना प्यालेस्टिनी रिहा हुने मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतारले जनाएको छ।

इजरायलका विदेश मन्त्री एली कोहेनले बन्धक बनाइएका इजरायली नागरिकलाई सम्भवतः आजै रिहा गर्ने आशा गरिएको बताएका छन्। सहमति अनुसार युद्ध विरामको क्रममा इजिप्टको रफाह क्रसिङ्ग बोर्डरबाट सहयोग सामग्रीयुक्त २ सय ट्रक, ४ इन्धन ट्याङ्कर र ४ ग्यासको ट्रकलाई पनि गाजा प्रवेश गर्न दिइनेछ। यसैबीच, हमास र इजरायलबीच भएको सहमतिलाई विश्व समुदायले स्वागत गरेका छन्।

प्रकाशित मितिः २०८० मंसिर ०७ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय