उत्तर कोरियाद्वारा सैन्य जासुसी उपग्रह अन्तरिक्षमा सफलतापुर्वक प्रक्षेपण

भक्तपुर न्यूज

६ मंसिर २०८० ४:४९

उत्तर कोरियाद्वारा सैन्य जासुसी उपग्रह अन्तरिक्षमा सफलतापुर्वक प्रक्षेपण

काठमाडौं । उत्तर कोरियाले सैन्य जासुसी उपग्रह अन्तरिक्षमा सफलतापुर्वक प्रक्षेपण गरेको छ ।

उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार उत्तर कोरियाले मल्लिग्योङ १ नामक अन्तरिक्ष यान प्रक्षेपण गरेको हो ।

उत्तर कोरियाली नेता किम जोङको उपस्थितिमा गरिएको यस प्रक्षेपणप्रति जापानलगायत अन्य मुलुकहरुले निन्दा गरेका छन् ।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाको रवैयाको निन्दा गर्दै उत्तर कोरियाले उपग्रह प्रक्षेपणको नाममा ब्यालेस्टिक मिसाइल प्रविधि प्रयोग गर्नु संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद सम्बन्धी प्रस्तावहरुको उलंघन गरेको आरोप लगाए । ।

उनलेपरमाणु कार्यक्रम बन्द नभएसम्म टाउको दुखाइको विषय हुने बताए । अमेरिकाले पनि संयुक्त राष्ट्रसंघको प्रस्ताव उत्तर कोरियाले उलंघन गरेको आरोप लगाएको छ ।

यता दक्षिण कोरियाले भने यो प्रक्षेपणपछि उत्तरसंगको आफनो सिमानामा निगरानी बढाएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय