शाहरूखकी छोरी सुहानाको डेब्यू फिल्म ‘द आर्चिज’ को ट्रेलर सार्वजनिक

भक्तपुर न्यूज

५ मंसिर २०८० ७:०३

शाहरूखकी छोरी सुहानाको डेब्यू फिल्म ‘द आर्चिज’ को ट्रेलर सार्वजनिक

काठमाडौें । बलिउड अभिनेता शाहरूख खानकी छोरी सुहाना खानको डेब्यू फिल्म ‘द आर्चिज’ को ट्रेलर सार्वजनिक भएको छ।बिहीबार नेटफ्लिक्स इन्डिया युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा युवाहरूको मित्रता र पार्क भत्काउन नदिन गरेको संघर्षलाई देखाइएको छ।

जोया अख्तर निर्देशित फिल्मबाट सुहाना खानसँगै श्रीदेवीकी छोरी खुसी कपूर, अमिताभ बच्चनका नाति अगस्त्य नन्दा पनि डेब्यू गर्न लागेका हुन्। उनीहरूको डेब्यूलाई लिएर बलिउड फिल्मकर्मीहरूले बधाई तथा शुभकामना दिइरहेका छन्।

अमेरिकी कमिक बुक सिरिज ‘द आर्चिज’ मा आधारित फिल्ममा ६० दशकको पृष्ठभूमि देखाइएको छ। यो फिल्म नेटफ्लिक्समा डिसेम्बर ७ देखि प्रदर्शन हुनेछ।

प्रकाशित मितिः २०८० मंसिर ०५ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय