रुपन्देहीमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु

भक्तपुर न्यूज

४ मंसिर २०८० १०:३२

रुपन्देहीमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु

काठमाडौं । रुपन्देहीमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ। सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–भैरहवा सडकखण्डकको तिलोत्तमामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको ज्यान गएको हो।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक शोभा पाण्डेका अनुसार बुटवलबाट भैरहवातर्फ जाँदै गरेको अवस्थामा सवारी दुर्घटनामा परेका हुन्। लु.४९प २२३० नम्बरको मोटरसाइकललाई ना.६ख ८१६१ नम्बरको ट्रकले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा तिलोत्तमा– १ का ५० वर्षीय माधवलाल देवकोटाको मृत्यु भएको छ। उनीसँगै मोटरसाइकलमा सवार तिलोत्तमा जानकीनगर बस्ने ४० वर्षीय यादा क्षेत्रीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक देवकोटा विभिन्न संघसंस्थामा आबद्ध भई सामाजिक कार्यमा सक्रिय थिए।

प्रकाशित मितिः २०८० मंसिर ०४ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *