रूकुम पश्चिममा मोटरसाइकलको ठक्करबाट घाइते महिलाको मृत्यु

भक्तपुर न्यूज

४ मंसिर २०८० ७:०९

रूकुम पश्चिममा मोटरसाइकलको ठक्करबाट घाइते महिलाको मृत्यु

काठमाडौं । रूकुम पश्चिममा मोटरसाइकलको ठक्करबाट घाइते एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। आइतबार मध्यपहाडी राजमार्गमा अल्फाबेट नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सानीभेरी – ९ हाँसीबाँङ ६५ वर्षीया कमला खड्का मगर घाइते भएकी थिइन।

जिल्लामा उपचार संभव नभएपछि थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालमा रिफर गरिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक बिष्णुप्रशाद श्रेष्ठले जानकारी दिए।

ठक्कर दिने मोटरसाइकलको अल्फाबेट नखुलेको भएपनि सिसी टिभी फूजेटमा ४२८८ नम्बर मात्रै पत्ता लागेको हुँदा मोटरसाइकलको खोजी भइरहेको श्रेष्ठले बताए।

प्रकाशित मितिः २०८० मंसिर ०४ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय