इजरायल र हमासबीच भएको बन्धक सम्झौता गर्ने तयारी अन्तिम चरणमा

भक्तपुर न्यूज

४ मंसिर २०८० ६:१२

इजरायल र हमासबीच भएको बन्धक सम्झौता गर्ने तयारी अन्तिम चरणमा

काठमाडौं । प्यालेष्टिनी लडाकु समूह हमासले गएको असोज २० गते इजरायलमाथि गरेको आक्रमणमा बन्धक बनाएकाहरुलाई मुक्त गर्ने सम्झौता हस्ताक्षरको अन्तिम चरणमा पुगेको छ । कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीले अब ‘सामान्य’ र व्यावहारिक कठिनाइका कारण मात्रै बाँकी रहेको बताएको एएफपीले जनाएको छ ।

युरोपेली सङ्घ (ईयू) का विदेश नीति प्रमुख जोसेप बोरेलसँगको संयुक्त पत्रकार सम्मेलनमा अल थानीले वार्तामा बाँकी रहेका चुनौतीहरू ठूला नभइ साना रहेका र अब चाँडै सहमति हुने बताए । कतारले अस्थायी युद्धविरामको बदलामा दुई सय ४० बन्धकमध्ये केहीलाई मुक्त गर्ने उद्देश्यले मध्यस्थता वार्तामा सहयोग गरेको छ ।

सम्झौताले बन्धकहरूलाई सुरक्षित रूपमा उनीहरूको घर फिर्ता ल्याउन सक्ने थानीले बताए । हमासले बन्धक बनाएकामध्ये धेरैजसो इजरायली नागरिक हुन् भने केही विदेशी पर्यटक, विद्यार्थी र कामदारसमेत छन् ।

वार्तामा कम्तीमा पाँच दिन युद्ध पूर्ण रुपमा रोकेर एक आपसका बन्धकहरु फिर्ता गर्ने सहमतिको अन्तिम चरणमा पुगेको बताइएको एएफपीले जनाएको छ।

प्रकाशित मितिः २०८० मंसिर ०४ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *