नक्कली नोटसहित वीरगञ्जमा दुई जना पक्राउ

भक्तपुर न्यूज

१ मंसिर २०८० १०:३१

नक्कली नोटसहित वीरगञ्जमा दुई जना पक्राउ

वीरगञ्ज । नक्कली नोटसहित पर्साको वीरगञ्जमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका ३१ का ऋषिलाल पटेल र बाराको कलैया उपमहागरपालिका ३ का उमेश कुमार छन् ।

वीरगञ्जको सिटी मार्केटमा कपडा खरिद गरेर नक्कली नोटहरू दिएको सूचना पाएपछि खटिएको प्रहरी टोलीलेउनीहरुलाई पक्रेको जिल्ला प्रहरी कार्यालय पर्सका प्रवक्ता तथा सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।

उनीहरुको साथबाट १ हजार दरका ३८ थान नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई खोटा चलन सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको थापाले विज्ञप्ति निकालेर जानकारी दिएका छन् ।

प्रकाशित मितिः २०८० मंसिर ०१ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय