भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ बाँडफाँड मिति तय

भक्तपुर न्यूज

१ मंसिर २०८० ९:४७

भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ बाँडफाँड मिति तय

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ बाँडफाँड मिति तय गरिएको छ । कार्तिक १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ मङ्सिर ५ गते मङ्गलबार बाँडफाँड गरिने तय भएको हो । कम्पनीले कार्तिक १६ देखि कार्तिक २० आइपिओमा आवेदन माग गरेको थियो ।

सिडिएससीको विवरण अनुसार उक्त आइपिओमा ११ लाख ९४ हजार आठ सय २० जनाले एक करोड ३५ लाख ७६ हजार एक सय ६० कित्ताका लागि आवेदन दिएका छन् । जबकी कम्पनीले कुल २० लाख ७५ हजार २८५ कित्ता साधारण सेयर मात्रै सर्वसाधारणका लागि निष्काशन गरेको हो । आइपिओमा मागभन्दा ६.५४ गुणा धेरै आवेदन परेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँट गर्दा बाँकी रहेको ४ लाख ८७ हजार ९१० कित्ता सेयर थपेर आवेदन खुला गरेको हो । यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाको निर्माण गरेको छ भने यसै वर्ष देखि उत्पादन शुरुको पनि तयारी गरेको छ । यस योजनाको कुल अनुमानित लागत ५ अर्ब २० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ।

प्रकाशित मितिः २०८० मंसिर ०१ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय