मेडिकल कलेजलाई विद्यार्थी भर्ना गर्न निर्देशन

भक्तपुर न्यूज

२४ असार २०७४ ११:०६

मेडिकल कलेजलाई विद्यार्थी भर्ना गर्न निर्देशन

काठमाडौँ, २४ । सरकारले चिकित्सा शिक्षाको विशेषज्ञ तह पिजीमा योग्यताक्रम मेरिट का आधारमा सात दिनभित्र विद्यार्थी भर्ना गर्न मेडिकल कलेजलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले योग्यताक्रम मेरिट अनुसार सात दिनभित्र विद्यार्थी भर्ना गरी सोको जानकारी सरकारलाई गराउन निर्देशन दिएको हो । सरकारका मुख्य सचिव सोमलाल सुवेदीको संयोजत्वकमा बसेको बैठकले २०७२ असोज १ गतेको मन्त्रिपरिषद्को निर्णय र २०७२ मङ्सिर १५ र २०७३ जेठ २१ को सर्वोच्च अदालतको आदेशअनुसार तत्काल भर्ना नगरे उक्त मेडिकल कलेजको प्रचलित कानुनबमोजिम सम्बन्धन खारेज गरिने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विज्ञप्तिमार्फत त्रिभुवन विश्वविद्यालय डिन कार्यालयबाट गैरमेरिट भर्ना भएका विद्यार्थीको परीक्षा नियन्त्रण कार्यालयमा रजिस्टेसन नगर्न लेखिएको पत्रकोे आद्यावधिक स्थिति तीन दिनभित्र मन्त्रिपरिषद्को कार्यालयमा जानकारी गराउन भनेको छ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमले एमडी, एमएस, एमडिएसको भर्ना प्रक्रियालाई व्यवस्थित र वैज्ञानिक बनाउन प्रवेश परीक्षा नतिजाको योग्यताक्रमअनुसार भर्ना लिने व्यवस्था गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *