लोकसेवाले माग्यो २१९ प्राविधिकसहित २६० जना कर्मचारी

भक्तपुर न्यूज

१ मंसिर २०८० ९:२२

लोकसेवाले माग्यो २१९ प्राविधिकसहित २६० जना कर्मचारी

काठमाडौं । लोकसेवा आयोगले आयोगले २६० जना कर्मचारीका लागि विज्ञापन खोलेको छ । आयोगले शुक्रबार गोरखापत्रमा विज्ञापन खोल्दै राजपत्रांकित तृतीय श्रेणी(प्राविधिक), स्वास्थ्य सेवाको आठौं र सातौं तहका कर्मचारी मागेको हो ।

आयोगले राजपत्रांकित तृतीय श्रेणी(प्राविधिक) तर्फ ७६ पदमा २ सय १९ कर्मचारी माग गरेको छ । जसमा सबैभन्दा धेरै इन्जिनियरिङ तर्फ विभिन्न सेवाका रहेका छन् । यस्तै कृषि तथा पशु चिकित्सक, कम्प्युटर अधिकृत, विद्यालय निरीक्षक, शिक्षा प्राविधिक लगायत पद रहेको छ ।

स्वास्थ्य सेवाको आठौं तहमा ८ पदमा ३६ जना कर्मचारीको विज्ञापन आयोगले माग गरेको छ । जसमा ३४ जना विभिन्न समुहका मेडिकल अधिकृत मात्रै माग गरेको छ । यस्तै स्वास्थ्य सेवाको सातौं तहमा ३ विधामा ४ जना कर्मचारी माग गरेको छ । आयोगले एक जना राष्ट्रिय मानव अधिकार सेवाको सूचना प्रविधि अधिकृत पनि माग गरेको छ ।

प्रकाशित मितिः २०८० मंसिर ०१ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय