नेपाल वेयर हाउजिङले मंसिर १० देखि आईपीओ निष्कासन गर्ने

भक्तपुर न्यूज

१ मंसिर २०८० ६:०२

नेपाल वेयर हाउजिङले मंसिर १० देखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले यही मंसिर १० गतेदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ताअंकित मूल्य १०० रुपैयाँमा ११ लाख ४१ हजार २५० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

उक्त आईपीओमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका निम्ति आवेदन दिन सकिनेछ । छिटोमा मंसिर १३ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा मागानुसार आवेदन नपरे मंसिर २४ गतेसम्म आवेदन दिने समय थप हुने बताइएको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र मेरोसेयर अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ लिमिटेडले ‘आईआरएन डबल बी’ रेटिङ दिएको छ । यो रेटिङले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

प्रकाशित मितिः २०८० मंसिर ०१ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय