उपत्यकामा तीन साताको अवधिमा १ करोडभन्दा बढीको धनमाल चोरी

भक्तपुर न्यूज

३० कार्तिक २०८० ११:३५

उपत्यकामा तीन साताको अवधिमा १ करोडभन्दा बढीको धनमाल चोरी

काठमाडौं । उपत्यकामा तीन साताको अवधिमा १ करोड भन्दा बढीको धनमाल चोरी भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार कात्तिक ११ देखि बिहीबारसम्म कुल १ करोड ३ लाख ६६ हजार १९५ रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।

प्रहरीका अनुसार काठमाडौंको २० स्थानबाट २७ लाख ७९ हजार ४४५ बराबरको धनमाल चोरी भएको छ । यस्तै ललितपुरको १० स्थानबाट २५ लाख ३० हजार ७५० बराबरको चोरी हुँदा भक्तपुरको ७ स्थानबाट ५० लाख ५६ हजार बराबरको चोरी भएको छ ।

ती घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ । यस्तै काठमाडौंका ५ स्थानमा लुटपाट हुनुका साथै ती घटनामा ३ जना पक्राउ परेको पनि प्रहरीले जनाएको छ ।

यसैबीच सोही अवधिमा काठमाडौंमा ८ स्थानमा आगलागीको घटना भएको छ । यस्तै ललितपुरमा ४ तथा भक्तपुरमा २ स्थानमा आगलागीको घटना भएको छ । यस्तै आगलागीमा परी भक्तपुरको लोकन्थली एक जनाको मृत्यु हुनुका साथै अनुमानित कुल ८ करोड ७७ लाख ४५ हजार बराबरको भौतिक क्षति भएको छ ।

प्रकाशित मितिः २०८० कार्तिक ३० बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय