हङकङविरूद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने

भक्तपुर न्यूज

३० कार्तिक २०८० ६:१५

हङकङविरूद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौं । चार राष्ट्र सम्मिलित महिला टी—२० क्रिकेट शृङ्खलाको बिहीबारको खेलमा नेपालले आयोजक हङ्कङविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ । शृङ्खलामा नेपालले खेल्न लागेको यो दोस्रो खेल हो ।

यसअघि बुधवार खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली तान्जनियासँग २७ रनले पराजित भएको थियो । नेपालले पहिलो पटक तान्जनियासँग अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थियो । त्यो खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको तान्जनियाले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.५ ओभरमा अलआउट हुनुअघि ८८ रनमात्र बनाउन सकेको थियो । त्यसैले बिहीबार खेलिने हङ्कङविरुद्धको खेलमा नेपाल पहिलो जितको खोजिमा हुनेछ । नेपाली टोली नयाँ कप्तान इन्दू बर्माको नेतृत्वमा हङ्ककङ यात्रामा निस्किएको हो । शृङ्खलामा नेपाल, तान्जिनिया र हङ्कङसँगै चौथो टोलीका रुपमा जापान सहभागी छ ।

प्रकाशित मितिः २०८० कार्तिक ३० बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय