गोल्डस्टार कम्पनीद्वारा भूकम्प पीडितलाई १० हजार थान जुत्ता चप्पल सहयोग

भक्तपुर न्यूज

२६ कार्तिक २०८० ९:३१

गोल्डस्टार कम्पनीद्वारा भूकम्प पीडितलाई १० हजार थान जुत्ता चप्पल सहयोग

काठमाडौं । गोल्डस्टार शुज कम्पनीले जाजरकोटका भूकम्प पीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग गरेको छ । किरण शुज म्यानुफ्याक्चर कम्पनीअन्तर्गतको गोल्डस्टार शुजले पीडितका लागि ३५ लाख ६८ हजार १५० रुपैयाँ बराबरको १० हजार २२ थान जुत्ता तथा चप्पल सहयोग गरेको हो ।

गत कार्तिक १७ गते शुक्रबार जाजरकोट केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । संकटको घडीमा पीडितप्रति हार्दिकता व्यक्त गर्दै कम्पनीले विनाशकारी भूकम्पमा परेका पीडितलाई सहयोग प्रदान गरेको जनाएको छ ।

गोल्डस्टार शुजकी कार्यकारी निर्देशक विदुषी राणाले उक्त सहयोग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेकी छन् । सन् १९९० मा स्थापित किरण शुज म्यानुफ्याक्चर कम्पनीअन्तर्गतको गोल्डस्टार शुज नेपालको सबैभन्दा ठूलो जुत्ता निर्माता कम्पनी हो । मेड इन नेपाल नाराका साथ यो ब्रान्डले ग्राहकलाई उचित मूल्यमा गुणस्तरीय उत्पादन प्रदान गर्दै आएको छ ।

समय क्रममा गोल्डस्टारले बजारको मागसँग आफूलाई समायोजन गर्दै अहिले आफुलाई फेसन ब्रान्डका रूपमा सफलतापूर्वक स्थापित गरिसकेको जनाएको छ हालै मात्र यसले प्रिमियम तथा उच्च गुणस्तरका जुत्ताको एक विशेष शृंखलाको सुरुवात गरेको छ ।

प्रकाशित मितिः २०८० कार्तिक २६ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय