ललितपुरबाट जुवा खेलिरहेको अवस्थामा १० जना पक्राउ
काठमाडौं । जुवा खेलेको आरोपमा प्रहरीले ललितपुरबाट १० जनालाई पक्राउ गरेको छ। शनिबार प्रहरीले ललितपुरको नख्खिपोटस्थित एक रेष्टुरेन्टबाट १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ।
७ जना महिला र ३ जना पुरूषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूबाट एक लाख ३ हजार नगद बरामद भएको छ। प्रहरीले यसको थप अनुसन्धान अघि बढाएको छ।
प्रकाशित मितिः २०८० कार्तिक २६ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
