पुन निर्माणको व्यवस्थापनबारे विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठक जारी

भक्तपुर न्यूज

२६ कार्तिक २०८० ८:१३

पुन निर्माणको व्यवस्थापनबारे विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठक जारी

काठमाडौं । जाजरकोट केन्द्रविन्दु भई पश्चिम नेपालमा गएको विनासकारी भूकम्पबाट प्रभावितहरुको राहत तथा पुर्ननिर्माणको व्यवस्थापनबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठक बसिरहेको छ।

सिंहदरबारमा जारी बैठकले भूकम्पबाट प्रभावितहरुको अस्थायी आवास निर्माणका लागि प्रति परिवार रु पचास हजारका दरले उपलब्ध गराउने र अस्थायी आवास निर्माण सम्बन्धी कार्यविधिपारित गर्ने, विस्तृत क्षति मूल्याङ्कनका लागि आवश्यक जनशक्ति व्यवस्था गर्ने,प्रमुख जिल्ला अधिकारीले विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७९ बमोजिम रकम खर्च गर्ने लगायतका विविध विषयमा छलफल गर्दैछ।

आज बसेको बैठकले सरकारले प्रभावितलाई अस्थायी आवास निर्माणका लागि पचास हजार रकम उपलब्ध गराउने कार्तिक २९ को निर्णय र दुबै जिल्लालाई रु. २-५ करोड उपलब्ध गराउने कार्तिक २३ को सरकारको निणर्यलाई बैठकले अनुमोदनगर्ने लगायतका कार्यसूची रहेको छ।

बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत,शहरी विकास मन्त्री सिता गुरुङ,विपद् जोखिम न्यूनीकरणका सह–सचिव भरतमणी पाण्डे लगायत सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको छ।

प्रकाशित मितिः २०८० कार्तिक २६ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय