गोरखामा घर आगलागी हुँदा जलेर आमा-छोराको मृत्यु
काठमाडौं । उत्तरी गोरखाको धार्चे गाउँपालिका–१ हुल्चुकमा शनिबार राति घर आगलागी हुँदा जलेर आमाछोराको मृत्यु भएको छ । ७८ बर्षीया कान्छी गुरुङको घरमा आगलागी हुँदा उनी र अपांगताा भएका उनका ३९ बर्षका छोरा चनारसिंङ गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
आगलागीबाट घर पूर्ण रुपमा क्षति भएको र आमा छोराको घरभित्रै जलेको अवस्थामा शव फेला परेको जानकारी आएको उनले बताए । वडाध्यक्ष रामसिंङ गुरुङले घटनाबारे शनिबार राति १० बजे खबर पाएको बताए ।
घर न्यानो बनाउन फुकेको आगो फैलिएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०८० कार्तिक २६ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
