घट्यो सुनको मूल्य, चाँदीको स्थिर
काठमाडौं, २३ असार । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर छ । हिजो प्रतितोला ५३ हजार ६ सय रुपैयाँ रहेको सुन आज १ सय रुपैयाँले घटेर ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार हिजो ७ सय ३० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज पनि ७ सय ३० मा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
