न्युजिल्याण्ड विश्वकप क्रिकेटको सेमिफाइनलमा, पाकिस्तान बाहिरियो

भक्तपुर न्यूज

२६ कार्तिक २०८० ६:३९

न्युजिल्याण्ड विश्वकप क्रिकेटको सेमिफाइनलमा, पाकिस्तान बाहिरियो

काठमाडौं । पाकिस्तान क्रिकेट विश्वकपबाट बाहिरिएको छ । ईङल्याण्डले दिएको ३३८ रनको लक्ष्य पछाएको पाकिस्तानले सो लक्ष्य ६.४ ओभरमा पुरा गर्नुपर्नेमा सो गर्न नसकेपछि विश्वकपबाट बाहिरिएको हो ।

योसँगै न्यूजील्याण्डले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । न्यूजील्याण्ड अंक तालिकामा चौथो हुदै विश्वकपको सेमिफाइनलमा पुगेको छ । अब सेमिफाइनलमा न्यूजील्याण्डले आयोजक भारतको सामना गर्ने छ । दुवैबीचको सेमिफाइनल खेल नोभेम्बर १५ मा मुम्बईस्थित वान्खडे स्टेडियममा हुने छ ।

प्रकाशित मितिः २०८० कार्तिक २६ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय