नेविसंघले भूकम्प प्रभावित जाजरकोटका दुई विद्यालयको पुन: निर्माण गर्ने

भक्तपुर न्यूज

२४ कार्तिक २०८० ६:४३

नेविसंघले भूकम्प प्रभावित जाजरकोटका दुई विद्यालयको पुन: निर्माण गर्ने

काठमाडौं । नेपाल विद्यार्थी संघले भूकम्पप्रभावित क्षेत्रका २ वटा विद्यालयको पुन: निर्माण गर्ने घोषणा गरेको छ। भूकम्प प्रभावित क्षेत्रमा राहत लिएर पुगेका नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जाजरकोटमा पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेका हुन्।

भूकम्पमा परि निधन भएकशि नलगाढ नगरपालिका उपमेयरको सम्झनामा सोही नगरपालिकामा पनि विद्यालय पुन:निर्माण गर्ने शेर्पाले बताए। यस प्रभावित क्षेत्रमा क्षति भएको विद्यालयहरू तिहार पछि नेविसंघले अस्थायी रुपमा बनाउने जानकारी गराएको छ।

‘जाजरकोट जिल्लाको भेरी नगरपालिका स्थित वडा नं. ३ मा पर्ने हनुमान प्राथमिक विद्यालय, जाजरकोटको नलगाड नगरपालिका वडा नं. ५ स्थिति नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको सम्पूर्ण रुपमा पुनर्निर्माण गर्न प्रतिबद्धता गर्दछौँ,’ अध्यक्ष शेर्पाले भने, ‘यसका साथै यस प्रभावित क्षेत्रमा क्षति भएको विद्यालयहरू तिहार पछि नेविसघले अस्थायी रुपमा बनाउने समेत जानकारी गराउँदछौं।’

त्यस्तै नेविसंघले तथ्यांक संकलन समिति र नेपाल सरकारको सूचना केन्द्रेको जानकारी बमोजिम पूणरुपमा घर क्षति भई अभिभावकविहीन भएका बालबालिकाहरूको पहिचान गर्ने र विद्यार्थीहरू माझ परेको मनोवैज्ञानिक असरलाई समेत हटाउन सहयोग गर्ने पनि उनले बताए।

प्रभावित क्षेत्रका बालबालिकाहरूलाई शिक्षाको अवसरबाट वञ्चित हुन नदिन नेविसंघले सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाएको छ। रुकुम पश्चिम र जाजरकोट गरी ३९८ विद्यालय पूर्णरुपमा क्षतिग्रस्त भई ५० हजार भन्दा धेरै विद्यार्थीको पढाइ प्रभावित भएको छ।

प्रकाशित मितिः २०८० कार्तिक २४ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय