काठमाडौं महानगरभित्र राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने

भक्तपुर न्यूज

२४ कार्तिक २०८० ६:२८

काठमाडौं महानगरभित्र राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ । महानगरले राति १ बजेसम्म देउसी भैलो खेल्न सकिने व्यवस्था गरेको महानगरका मेयर बालेन शाहले जानकारी दिएका छन् ।

‘विगतका वर्षहरूमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौं महानगर भित्र राति ९ बजेसम्म मात्र खेल्न अनुमति दिइएको थियो ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो वर्ष काठमाडौं महानगर नगर प्रहरीले ‘राति १’ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था मिलाएको छौं र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।’

साथै मेयर शाहले नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सोही अनुरुपको सुरक्षाको प्रबन्ध मिलाउन पनि आग्रह गरेका छन् ।

प्रकाशित मितिः २०८० कार्तिक २४ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय