विभिन्न व्यक्तिको चरित्रहत्या गरेको आरोपमा युट्युबर मानव पक्राउ

भक्तपुर न्यूज

२३ कार्तिक २०८० ६:१९

विभिन्न व्यक्तिको चरित्रहत्या गरेको आरोपमा युट्युबर मानव पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय साइबर ब्यूरोले मनोज मानव भनेर चिनिने युट्युबर मनोजकुमार महतोलाई पक्राउ गरेको छ। साइबर ब्यूरोले बुधबार साँझ मनोजलाई पक्राउ गरेको हो।

‘स्टार अनलाइन टिभी’ नामक युट्युबका सञ्चालक पक्राउ गरेर प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाएको छ।

युट्युबमार्फत् विभिन्न व्यक्तिको चरित्रहत्या गरेको आरोपमा उनीमाथि लाग्दै आएको छ। पछिल्लो समय पूर्वएआईजी रणबहादुर चन्द र अभियन्ता भनेर आफूलाई चिनाउने तारा बरालको विषयमा पनि विभिन्न सामाग्रीहरुको प्रकाशमा ल्याएका थिए।

प्रकाशित मितिः २०८० कार्तिक २३ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय