दिल्लीमा गुडिरहेको बसमा आगलागी हुँदा दुई जनाको मृत्यु

भक्तपुर न्यूज

२३ कार्तिक २०८० ४:२०

दिल्लीमा गुडिरहेको बसमा आगलागी हुँदा दुई जनाको मृत्यु

काठमाडौं । भारतको नयाँदिल्लीसँगै रहेको साइबर सिटी गुरुग्राममा एउटा चलिरहेको भोल्भो बसमा आगलागी भएको छ । सो घटनामा परी दुई जनाको मृत्यु भएको पुष्टि भएको छ भने घटनामा घाइते भएकाहरुलाई सरकारी अस्पताल लगिएको छ ।

यो बस गुरुग्रामबाट महोबा जाँदै थियो। सुरुमा १०–१२ जनाले बसको झ्यालबाट हाम फालेर ज्यान बचाएको जानकारी आएको थियो भने अर्कोतर्फ जानकारी पाए लगत्तै स्थानीय प्रशासनले उद्धार कार्य सुरु गरेको थियो । बसमा फसेका यात्रुको उद्धार गरिएको छ भने बस पूर्णरुपमा जलेर खरानी भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार जब यात्रुहरु दिल्ली– जयपुर एक्सप्रेस वेमा बस नम्बर ए आर ०१ के ७७०७ मा चढेका थिए, केही समय पछि नै सो बसमा अचानक आगलागी भएको सुुरु भएको थियो । यो घटनाको भिडियो पनि सार्वजनिक भएको छ । आगलागीबाट बस कसरी जलेको प्रष्ट देख्न सकिन्छ । तर, आगलागीको कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो दुर्घटना ३२ माइलस्टोन भवन अगाडि गए राति ९ बजे भएको हो । गुरुग्राम प्रहरीले सामाजिक सञ्जालमा लेखेको छ, ‘अहिले आगो नियन्त्रणमा ल्याएको छ। यस दुर्घटनामा घाइते भएकाहरूलाई अस्पतालमा भर्ना गरिएको छ। अवस्था पूर्णरूपमा नियन्त्रणमा छ।’

प्रकाशित मितिः २०८० कार्तिक २३ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय