गोर्खा ब्रुअरीद्वारा भूकम्प पिडितको सहयोगार्थ राहत कोषमा एक करोड सहयोग

भक्तपुर न्यूज

२२ कार्तिक २०८० १०:३४

गोर्खा ब्रुअरीद्वारा भूकम्प पिडितको सहयोगार्थ राहत कोषमा एक करोड सहयोग

काठमाडौं । गोर्खा ब्रुअरी प्रालिले जाजरकोट भूकम्प पीडितको पुनःस्थापनाका लागि नेपाल सरकारलाई १ करोड रुपैयाँ सहयोग गरेको छ । गोर्खा ब्रुअरीका डीएमडी सुरेन्द्र सिलवालले बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाललाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन् ।

यस चुनौतीपूर्ण समयमा स्वःस्फूर्त रुपमा गरिएको सहयोगका लागि प्रधानमन्त्रीले धन्यवाद दिएका छन् । डीएमडी सुरेन्द्र सिलवालले गोर्खा ब्रुअरीले देशलाई विपद्‌को घडीमा सहयोग गर्न पाएकोमा सन्तुष्टि रहेको बताए ।

उनले यस अघि पनि गोर्खा ब्रुअरीले देशमा आइपरेको प्राकृतिक विपत्तिमा उल्लेख्य सहयोग गर्दै आएको, विशेष गरी कोरोना महामारी र २०७२ को महाभूकम्पपछि कर्पोरेटहरू मध्येबाट सबैभन्दा ठूलो सहयोग गरेको उल्लेख गरे ।

ब्रुअरीद्वारा उत्पादित नेपालको सबैभन्दा धेरै बिक्ने र लोकप्रिय कार्ल्सबर्ग, टुबोर्ग र गोर्खा बियर जस्ता ब्रान्डहरूद्वारा नेपालमा संगीत, खेलकुद लगायत अन्य विभिन्न क्षेत्रहरूको विकासमा सहयोग पुर्‍याउँदै आएको उनले बताए ।

गोर्खा ब्रुअरी कार्ल्सबर्ग समूहको एक हिस्सा हो र यसको ब्रान्ड विश्वभर १४० भन्दा बढी बजारमा परिचित छन् । यसले देशमा आफ्नो महत्त्वपूर्ण आर्थिक र सामाजिक योगदानलाई सङ्केत गर्दै नेपालको शीर्ष पाँच उच्च कर तिर्ने कर्पोरेसनहरू मध्ये एक भएको गौरव प्राप्त गरेको छ।

प्रकाशित मितिः २०८० कार्तिक २२ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय