जन्मदिनकाे उपहार खाेल्दा विस्फाेट भएपछि….

भक्तपुर न्यूज

२२ कार्तिक २०८० ७:२९

जन्मदिनकाे उपहार खाेल्दा विस्फाेट भएपछि….

काठमाडौं । युक्रेनी सेनाका एक मेजरको सोमबार आफ्नो जन्मदिनकै दिन मृत्यु भएको छ । ६ नोभेम्बरमा मेजर हेनादी चेस्टिकोभको जन्मदिन थियो । काम सकेर साँझ घर फर्किंदा उनी आफ्ना साथीहरूले दिएको उपहारसहित घर फर्किएका थिए । उपहारमध्येकै एक उपहार खोल्दा त्यहाँ बम विस्फोट भयो जसकारण उनको घटनास्थलमै मृत्यु भयो ।

सँगै उपहार हेर्न आएका १३ वर्षका उनका छोरा पनि गम्भीर घाइते भएको वासिङ्टन पोस्टले लेखेकाे छ ।

प्रकाशित मितिः २०८० कार्तिक २२ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय