काँग्रेसकै कारण मन्त्रीमण्डल विस्तारमा ढिलाई : प्रवक्ता भुषाल

भक्तपुर न्यूज

२२ असार २०७४ ८:०५

काँग्रेसकै कारण मन्त्रीमण्डल विस्तारमा ढिलाई : प्रवक्ता भुषाल

भक्तपुर, २२ असार । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले सरकारमै रहेको नेपाली काँग्रेस भित्रको आन्तरिक विवादका कारण मन्त्रीपरिषद् विस्तारमा ढिलाई भएको बताईन् । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता भुषालले नेकपा माओवादी मन्त्रीमण्डल विस्तारका लागि तयार रहेको भन्दै यस्तो बताएकी हुन् ।

काँग्रेसभित्रकै आन्तरिक विवादका कारण प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा तत्काल मन्त्रीमण्डल विस्तार गर्ने पक्षमा नरहेको उनको भनाई छ । दोस्रो चरणको स्थानीय तह निर्वाचन शान्तिपूर्ण भएको दाबी गर्दै उनले तेस्रो चरणको निर्वाचन तथा प्रदेश र केन्द्रको निर्वाचन पनि यहि सरकारले तोकिएकै समयमा गर्ने उनले बताईन । राजपाले पनि निर्वाचन आयोगमा दल दर्ताका लागी प्रक्रिया अघि बढाएकोले बाँकी निर्वाचनमा राजपाको पनि सहयोग समर्थन सहभागीता रहने उनको भनाई छ ।

उनले सरकारले स्थानीय तहलाई प्रदान गरिसकेका कुनैपनि खालका अधिकारहरु कटौती हुन नसक्ने बताईन । उनले विगतमा विभाजनको रुपमा देखिएका माओवादी शक्तिहरुबीच एकिकरणको प्रयास पनि पाटीभित्र भैरहेको जानकारी दिईन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *