युनिभर्सल मेडिकल कलेज र विद्यार्थीबीच सहमति, आन्दोलन फिर्ता

भक्तपुर न्यूज

२१ कार्तिक २०८० ५:५९

युनिभर्सल मेडिकल कलेज र विद्यार्थीबीच सहमति, आन्दोलन फिर्ता

काठमाडौं । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) र आन्दोलनरत विद्यार्थीबीच सहमति भएको छ। विभिन्न माग राख्दै विगत एक महिनादेखि आन्दोलनमा उत्रिएका विद्यार्थीका माग पूरा हुने भएपछि सेवा प्रवाह र विद्यार्थीको पढाइ सुचारु भएको छ।

ड्रेस कोडको नाममा विद्यार्थीहरुलाई अनावश्यक मानसिक यातना दिइएको भन्दै सुरु भएको आन्दोलन प्रिन्सिपल प्राडा लक्ष्मी पाठकलाई पदमुक्त गर्नेसहित ६ बुँदे सहमति भएपछि फिर्ता लिइएको छ। सहमतिको पहिलो बुँदामा भनिएको छ, ‘प्रा.डा. लक्ष्मी पाठकलाई यु.सि.यम.यस. शिक्षण अस्पतालको प्राचार्यबाट पदमुक्त गर्ने र नयाँ प्राचार्य यथाशीघ्र नियुक्त गर्ने।’

यो सहमतिपछि विद्यार्थीहरूले विगत एक महिनादेखि गर्दै आएको आन्दोलन स्थगित गरेका छन्। विद्यार्थीको सवालमा दीर्घकालिन प्रभाव पार्न सक्ने खालका निर्णय एकेडेमिक काउन्सिलले गर्ने पनि सहमति भएको छ।

कलेजले लागू गरेको ड्रेस कोड खारेज हुनुपर्ने, इन्टर्नसिपको पारिश्रमिक बढाउनुपर्ने, परीक्षा दिन प्रतिबन्ध लगाएका विद्यार्थीहरूको प्रतिबन्ध फुकुवा गर्नुपर्ने मागसहित विद्यार्थीहरु एक महिनादेखि आन्दोलित थिए।

cvb-1699334370.jpg

प्रकाशित मितिः २०८० कार्तिक २१ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय