प्रिमियम मूल्यमा आईपीओ जारी गर्दै अल्फा क्यापिटल

भक्तपुर न्यूज

२१ कार्तिक २०८० ५:३९

प्रिमियम मूल्यमा आईपीओ जारी गर्दै अल्फा क्यापिटल

काठमाडौं । श्री अल्फा क्यापिटल लिमिटेडले प्रथम वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आगामी मंसिर १२गते सभा गर्न लागेको हो । सभा काठमाण्डौंको नयाँबानेश्वरस्थित द एभरेष्ट होटलमा अपरान्ह ४ बजे शुरु हुनेछ ।साधारणसभाको विशेष प्रस्तावमा प्रिमियममा आईपीओ निष्कासन गर्ने प्रस्ताव समावेश छ ।

कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने तयारी गरेको छ । अन्य प्रस्तावमा समान उद्देश्य भएको अन्य कम्पनीलाई गाभ्ने, कम्पनीको पूँजी बृद्धि, कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन, कम्पनीको सेयर प्रिमियम मूल्यमा बिक्री गर्ने लगायत छन् ।

प्रकाशित मितिः २०८० कार्तिक २१ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय