सिटिजन्स बैंकले भूकम्प पीडितका लागि २५ लाख रुपैयाँ प्रदान गर्ने

भक्तपुर न्यूज

२० कार्तिक २०८० १०:२५

सिटिजन्स बैंकले भूकम्प पीडितका लागि २५ लाख रुपैयाँ प्रदान गर्ने

काठमाडौं । सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेडले कर्णाली प्रदेशको जाजरकोटमा गएको विनाशकारी भूकम्पबाट पीडितहरूको उद्धार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग स्वरूप २५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।

बैंकले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको स्वस्थ लाभका लागि कामना गरेको छ । यस घटनाबाट प्रभावित सम्पूर्णजनहरुप्रति तत्काल सहयोग तथा राहत पुग्ने विश्वास पनि बैंकले व्यक्त गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको र भविष्यमा समेत यस्तो सेवा र सहयोगको काममा निरन्तरता दिने कुरा बैंकले जनाएको छ ।

प्रकाशित मितिः २०८० कार्तिक २० सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय