बाग्लुङका दश पालिकाद्वारा भूकम्प पीडितलाई ३० लाख रुपैयाँ सहयोग

भक्तपुर न्यूज

२० कार्तिक २०८० ७:१०

बाग्लुङका दश पालिकाद्वारा भूकम्प पीडितलाई ३० लाख रुपैयाँ सहयोग

बाग्लुङ । बाग्लुङका दश पालिकाले शुक्रवार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितलाई सहयोग रकम उपलब्ध गराउने भएका छन् ।

बाग्लुङका दश पालिकाले एकमुष्ट ३० लाख रुपैयाँ राहत रकम प्रदान गर्ने भएका हुन् । चार नगरपालिकाले तीन लाख ७५ हजार र छ गाउँपालिकाले दुई लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय भएको बाग्लुङ नगरपालिकाका मेयर वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बाग्लुङ जिल्लाका पालिकाले प्रदान गर्ने नगद, उद्योग वाणिज्य सङ्घ बाग्लुङ, जिल्ला रेडक्रस सोसाइटी बाग्लुङ, रोटरी क्लब अफ बाग्लुङ र अन्य सङ्घ संस्थाले प्रदान गर्ने जिन्सी सामग्रीसहित आवश्यक औषधिसमेत लिएर जाजारकोटतर्फ जाने योजना रहेको बताएका छन् ।

भूकम्प पीडितका लागि आवश्यक लत्ताकपडा बाग्लुङ उद्योग वाणिज्य सङ्घमार्फत कपडा तथा फ्रेन्सी व्यवसायी समितिद्वारा सङ्कलन गरिएको बाग्लुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले जानकारी दिए ।

प्रकाशित मितिः २०८० कार्तिक २० सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय