मोरक्कोले दोस्रो शताब्दीको पुरानो शहर पत्ता लगायो

भक्तपुर न्यूज

२० कार्तिक २०८० ५:४५

मोरक्कोले दोस्रो शताब्दीको पुरानो शहर पत्ता लगायो

काठमाडौं । मोरक्कोका पुरातत्त्वविद्हरूले मोरक्कोको राजधानी रबातमा रोमन–युगको पुरातन सहर पत्ता लगाएका छन् । यो सहर दोस्रो शताब्दीको हो ।

हालै पत्ता लगाइएको पुरातात्त्विक स्थल प्रसिद्ध चेल्लाह साइटको नजिक अवस्थित रहेको मोरक्कन पुरातत्त्वविद् अब्देलाजीज एल खयारीलाई उद्धृत गर्दै चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ । नयाँ सहर एक बन्दरगाह क्षेत्र रहेको बताइएको छ ।

सहरमा एक ठूलो सार्वजनिक स्नान र एक चिहान क्षेत्रको अवशेष पनि भेटिएको छ । मोरक्कोको युवा, संस्कृति र सञ्चार मन्त्रालयले निकालेको विज्ञप्तिअनुसार उत्खनन र पुरातात्त्विक सर्वेक्षणसहित पुरातात्त्विक अनुसन्धान परियोजना अप्रिलमा प्रारम्भ गरिएको थियो ।

यो सहरको अवशेषले दोस्रो शताब्दीकाे जीवन बुझ्न सहयोग पुग्ने पुरातत्त्वविद्हरुले बताएका छन् ।

प्रकाशित मितिः २०८० कार्तिक २० सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय