ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, दीपेन्द्रको ठाउँमा सन्दीपलाई मौका

भक्तपुर न्यूज

१९ कार्तिक २०८० ५:०४

ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, दीपेन्द्रको ठाउँमा सन्दीपलाई मौका

काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट एसिया छनोटको फाइनलमा नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । आइतबार बिहान टीयू क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।

नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । घाइते दीपेन्द्रसिंह ऐरी आज खेलेका छैनन् । उनी नखेल्दा सन्दीप जोरा प्लेइङ ११ मा फर्किएका छन् । दीपेन्द्रको सोमबार बायाँ खुट्टाको एंकलमा चोट लागेको थियो ।

नेपालले सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले हराउँदै र ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएका हुन् । पछिल्ला पाँच टी-२० खेलमा नेपाल तीन र ओमान दुई खेलमा विजयी भएका छन् ।

समूह एमा रहँदै प्रतियोगिताको शुरूआत गरेका दुवै टिम लिग चरणमा समेत भेटेका थिए । सो खेलमा ओमानले नेपाललाई हराएको थियो । नेपाल आज त्यही हारको बदला लिने लक्ष्यसाथ मैदान उत्रनेछ । दुवै टोली २०२४ को विश्वकपमा छनोट भइसकेका छन् ।

प्रकाशित मितिः २०८० कार्तिक १९ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय