भूकम्प पीडितलाई बागमती प्रदेशको डेढ करोड सहयोग

भक्तपुर न्यूज

१८ कार्तिक २०८० ११:५४

भूकम्प पीडितलाई बागमती प्रदेशको डेढ करोड सहयोग

काठमाडौं । बागमती प्रदेश सरकारले कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितहरूका लागि डेढ करोड सहयोग उपलब्ध गराउने भएको छ। शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडितहरूको उद्धार, राहत तथा उपचारका लागि १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय प्रदेश सरकारले गरेको हो।

एक प्रदेशमा भएको विपद्‌मा अर्को प्रदेशले सहयोग गर्न आवश्यक रहेका कारण बागमती प्रदेश सरकारले कर्णाली प्रदेश सरकारलाई उक्त रकम दिने निर्णय गरेको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री श्रेष्ठले मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आपत्‌कालीन अवस्थामा कर्णाली प्रदेश सरकारलाई भूकम्पपीडितका लागि राहत र उद्धारमा सहयोग गर्न सो रकम उपलब्ध गराउने निर्णय गरेको बताए।

प्रकाशित मितिः २०८० कार्तिक १८ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय