भूकम्प प्रभावित जिल्लामा टेलिकमको निशुल्क वाईफाई, भोइस तथा एसएमएस सेवा

भक्तपुर न्यूज

१८ कार्तिक २०८० ११:४४

भूकम्प प्रभावित जिल्लामा टेलिकमको निशुल्क वाईफाई, भोइस तथा एसएमएस सेवा

काठमाडौं । शुक्रबार मध्यराति गएको भूकम्पबाट प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट जिल्लामा नेपाल टेलिकमले निशुल्क वाईफाई, भोइस तथा एसएमएस सेवा उपलब्ध गराउने भएको छ ।

टेलिकमले हाल भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा सम्पूर्ण सेवाहरु सुचारु रहेको जनाएको छ । त्यस क्षेत्रमा सूचना आदान-प्रदानलाई निरन्तरता दिन उक्त क्षेत्रमा रहेका कम्पनीका सम्पूर्ण मोबाइल ग्राहकहरुलाई पाँच दिन अवधिका लागि निःशुल्क भोइस तथा एसएमएस सेवा दिने टेलिकमले जनाएको छ ।

यसैगरी टेलिकमले ती क्षेत्र र सुर्खेतबाट पाँच दिनको अवधिका लागि निःशुल्क भोइस तथा एसएमएस सेवा सहितको निःशुल्क नयाँ सिम समेत उपलब्ध गराउनेछ । उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकता अनुसार निःशुल्क नमस्ते वाईफाई सेवासमेत उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

नेपाल टेलिकमले भूकम्प प्रभावितलाई राहतको व्यवस्था पनि गर्ने जनाएको छ । माथिका सेवा सम्बन्धी समन्वयका लागि टेलिकमका कर्मचारीहरुलाई सम्पर्क गर्न सकिने जनाइएको छ ।

प्रकाशित मितिः २०८० कार्तिक १८ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय