रिगललाई कैद भुक्तानीका लागि तत्काल पक्राउ गर्न सर्वोच्चको आदेश

भक्तपुर न्यूज

१६ कार्तिक २०८० १०:४४

रिगललाई कैद भुक्तानीका लागि तत्काल पक्राउ गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल रिगललाई दिइएको आममाफी बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न आदेश दिएको छ । ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासले सो आदेश दिएको हो ।

आदेशमा रिगललाई तुरुन्त पक्राउ गरेर उनको मिनाहा गरिएको कैद सजाय भुक्तानी गराउन भनिएको छ । यसैगरि, सञ्चारमाध्यमहरुलाई विचाराधीन मुद्दामा समाचार सम्प्रेषण गर्दा संवेदनशील बन्न आग्रह गरिएको छ ।

प्रकाशित मितिः २०८० कार्तिक १६ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय