नेप्सेमा दोहोरो अंकको गिरावट, ९६ करोडको सेयर कारोबार

भक्तपुर न्यूज

१६ कार्तिक २०८० १०:०७

नेप्सेमा दोहोरो अंकको गिरावट, ९६ करोडको सेयर कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १०.८६ अंकले घटेको छ । नेप्से घटे पनि कारोबार रकम बढेको छ । आज ९६ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार ८१ करोड २० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज परिसूचक ०.५८ प्रतिशत घटेर १८४७.४७ विन्दुमा बन्द भएको हो । आज सर्वाधिक सेयर मूल्य सायपत्री हाइड्रोपावर लिमिटेडको घटेको छ । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता ५०२ रूपैयाँ २० पैसा कायम भएको छ ।

सर्वाधिक सेयर मूल्य वृद्धि चन्द्रागिरी हिल्स लिमिटेडको भएको छ । यो कम्पनीको सेयर मूल्य ६.०४ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता एक हजार १२४ रुपैयाँ कायम भएको छ । आज होटल तथा पर्यटन र उत्पादत तथा प्रशोधन समूहको सेयर मूल्य वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ । आज २८१ धितोपत्रको ३७ लाख ४९ हजार ९५४ कत्ता खरिद–बिक्री भएको छ ।

प्रकाशित मितिः २०८० कार्तिक १६ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय