इजरायल–हमास युद्धमा ३१ पत्रकार मारिए

भक्तपुर न्यूज

१४ कार्तिक २०८० ६:२४

इजरायल–हमास युद्धमा ३१ पत्रकार मारिए

काठमाडौं । इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमालबिच जारी युद्धमा अहिलेसम्म ३१ पत्रकार मारिएका छन् ।

‘कमिटी टु प्रोटेक्ट जर्नालिस्ट’ (सीपीजे) का अनुसार इजरायल र हमासबिच जारी युद्धमा अहिलेसम्म २६ प्यालेस्टिनी, ४ इजरायली र एक लेबनानी पत्रकार मारिएका छन् ।

सीपीजेले विज्ञप्तिमा भनेको छ, ‘खासगरी गाजा क्षेत्रमा पत्रकारहरुले असाधारण खतराको सामना गर्नु परिरहेको छ, उनीहरुले इजरायलको खतरनाक बमबारी र जमिनी हमलाबाट गुज्रिनु परिरहेको छ ।’

मृत्यु भएका पत्रकारमा प्यालेस्टिनी फिल्म मेकर रोशदी सराज र रोयटर्सका बेरुतस्थित भिडियोग्राफर इसाम अब्दल्लाह पनि छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार उसका पत्रकार इजरायलका तर्फबाट लेबनान सीमामा गरिएको आक्रमणमा मारिएका हुन् ।

प्रकाशित मितिः २०८० कार्तिक १४ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय