कामना सेवा विकास बैंकको पहिलो त्रैमासमा ११ करोड ९५ लाख नाफा

भक्तपुर न्यूज

१० कार्तिक २०८० ९:४०

कामना सेवा विकास बैंकको पहिलो त्रैमासमा ११ करोड ९५ लाख नाफा

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८८/८१ को पहिलो त्रैमासमा कामना सेवा विकास बैंकले ११ करोड ९५ लाख रूपैयाँ नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार पहिलो त्रैमासमा उक्त नाफा कमाएको हो । जुन अघिल्लो आवको सोही अवधिको तुलनाभन्दा झण्डै तीन गुणा बढी हो । बैंकले गत आवको यसै अवधिमा ४ करोड १५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले यस अवधिसम्म ५६ अर्ब ८२ करोड निक्षेप संकलन गरी ८७ अर्ब कर्जा प्रवाह गरेको छ । वित्तीय विवरण अनुसार बैंकको रिटर्न अन इक्विटी ९.९० प्रतिशत रहेको छ भने खराब कर्जा ३.४८ प्रतिशत रहेको छ । बैंकको आधारदर ११.७२ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी १४.५७ प्रतिशत रहेको बैंकको कुल सम्पत्ति प्रतिसेयर अनुपात १,८५२.६१ रहेको छ ।

प्रकाशित मितिः २०८० कार्तिक १० शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय