सर्लाहीमा दुर्लभ जनावर सालक फेला

भक्तपुर न्यूज

१० कार्तिक २०८० ९:३२

सर्लाहीमा दुर्लभ जनावर सालक फेला

काठमाडौं । सर्लाहीमा दुर्लभ जनावर सालक फेला परेको छ । नेपालमा रहेका स्तनधारी जनावरमध्ये लोपोन्मुख जातिभित्र पर्ने सालक बिहीवार राति मूर्तियाको जङ्गलमा फेला परेको हो । सुरक्षित उद्धार गरेको सालकलाई पर्सा वन्यजन्तु आरक्षण केन्द्रमा पठाउने सहायक वन अधिकृत चन्द्रप्रकाश यादवले बताए ।

गस्तीमा हिँडेको वनको टोलीले सर्लाहीको मधुवनी नयाँरोड सडक खण्डको धरहर जङ्गल नजिक सडकमा हिँड्दै गरेको अवस्थामा सालक भेटिएको सशस्त्र वन रक्षक मदनबहादुर थिङले जानकारी दिए। सालकको लम्बाइ ७२ सेन्टिमिटर र तौल ३ दशमलव ५ किलोग्राम रहेको छ।

सर्लाहीको जङ्गलमा अहिलेसम्म दुर्लभ सालक नभेटिएको उनको भनाइ छ। सालक दिनभरि सुत्ने र राति खाना तथा पानीको लागि दुलोबाट बाहिर निस्किएर हिँड्ने गर्छ । सालकको अवैधरुपमा चोरी शिकार, कारोबार गर्नेलाई ५ देखि १५ वर्षसम्म कैद वा ५० हजारदेखि १ लाखसम्म जरिबाना हुने वन ऐनमा व्यवस्था छ।

प्रकाशित मितिः २०८० कार्तिक १० शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय