नेपाललाई छैटौं सफलता, अभिनाशको दोस्रो विकेट

भक्तपुर न्यूज

१० कार्तिक २०८० ९:१८

नेपाललाई छैटौं सफलता, अभिनाशको दोस्रो विकेट

काठमाडौं । टी–२० त्रिकोणात्मक सिरिजको फाइनल खेलमा युएईविरुद्ध नेपाललाई छैटौं सफलता हात परेको छ । नेपाललाई छैटौं सफलता अभिनाश बोहराले दिलाएका हुन् । उनको यो जारी खेलमा दोस्रो विकेट हो ।

नेपालले दिएको १६३ रनको लक्ष्य पछ्याएको युएईले खेलको १९ औं ओभरको चौथो बलमा युएईको स्कोर १५२ रन हुँदा अलि नासरलाई व्यक्तिगत ११ रनमा आउट भएका हुन् । उनलाई अभिनाश बोहराले बोल्ड गरेका हुन् ।

उनले यसअघि १५ औं ओभरमा अलिशान साफारुलाई व्यक्तिगत १३ रनमा कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका थिए । नेपाललाई गुल्शन झाले दुई तथा कुशल मल्लले एक विकेट लिँदा एक खेलाडी रन आउट भएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । नेपालका लागि सर्वाधिक रन ओपन कुशल भुर्तेलले बनाए । उनले ६ चौका र तीन छक्काको मद्दतले ५० रन बनाएका थिए । त्यस्तै करण केसीले अविजित २३ रन बनाए ।

दिपेन्द्र सिंह ऐरीले २०, रोहित पौडेलले १८, सोमपाल कामीले १३ रनको योगदान गरे । सन्दिप जोराले १० रनको योगदान गर्दा आशिफ शेखले ७, गुल्शन झाले ५ तथा कुशल मल्लले एक रनको योगदान गरे ।

युएईका लागि आयान अफजल खानले सर्वाधिक तीन, अलि नासर र जाहुर खानले दुई दुई तथा जुनेद सिद्दगीले एक विकेट लिए ।

प्रकाशित मितिः २०८० कार्तिक १० शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय