हालाण्डको दुई गोलमा म्यानचेस्टर सिटीको जित

भक्तपुर न्यूज

९ कार्तिक २०८० ७:०२

हालाण्डको दुई गोलमा म्यानचेस्टर सिटीको जित

काठमाडौं । यङ ब्वाइजविरुद्ध संघर्षपूर्ण जीत हासिल गर्दै म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा शत प्रतिशत नतिजा कायम राखेको छ । बुधबार राति भएको खेलमा सिटी ३–१ गोलअन्तरले विजयी बनेको हो ।

पहिलो हाफ बराबरीमा सकिए पछि साबिक विजेता सिटीका लागि दोस्रो हाफको सुरुवातमा नै म्यानुअल अकान्जीले गोल गरेका थिए । तर, सिटीको अग्रता लामो समय टिकेन । स्विस टोलीका लागि माइसच्याक इलियाले ५१ औँ मिनेटमा बराबरी गोल फर्काए ।

६७ औँ मिनेट अर्लिङ हालान्डले पेनाल्टीमार्फत गोल गर्दै पुनः टोलीलाई अग्रता दिलाए । खेल सकिन लाग्दा उनले दोस्रो गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।

समूह जीमा सिटीको यो लगातार तेस्रो जीत हो । टोली ९ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । बुधबार नै आरबी लेइपजिगले रेड स्टार बेलग्रेडलाई हराउँदै दोस्रो स्थानमा कायम छ । लेइपजिगको ६ अङ्क छ । १–१ अङ्क रहेका यङ ब्वाइज र रेड स्टार बेलग्रेड क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

प्रकाशित मितिः २०८० कार्तिक ०९ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय