झापाको कमल गाउँपालिकामा कांग्रेस र एमालेको बराबरी मत
झापा, २० असार । झापाको कमल गाउँपालिका अध्यक्षमा कांग्रेस र एमाले उम्मेदवारको बराबरी मत आएको छ । एमालेकी उम्मेदवार मेनका काफले र कांग्रेसका उम्मेदवार हुकुमसिंह राईको बराबरी ८ हजार २ सय ७५ मत पाएका छन् ।
यससँगै कसलाई बिजेता घोषणा गर्ने भन्ने बारे टुंगो लाग्न सकेको छैन । अब कसरी निर्णय गर्ने भनेर निर्वाचन अधिकृतले निर्वाचन आयोगको परामर्श मागेका छन् ।
अध्यक्षमा बराबरी मत आए पनि उपाध्यक्षमा भने एमालेका उम्मेदवार बेणु शिवाकोटी बिजयी भएका छन् । उपाध्यक्षमा एमालेकी सिवाकोटी ९ हजार ४ सय १८ मत ल्याएर विजयी बनेकी हुन् । उनकी प्रतिद्वन्द्वी कांग्रेसकी गीता भण्डारी गौतमले ४ हजार९ सय ९२ मत ल्याएर पराजित बनिन् ।
स्थानीय निर्वाचन एेनकाे दफा ५३ मा बराबरी मत अाएमा गोला प्रथाबाट निर्णय गर्नुपर्ने र जसकाे पक्षमा गाेला पर्छ, उसले एक भोट पाएकाे मानिने व्यवस्था छ ।