चीनको बेइजिङमा इजरायली कूटनीतिज्ञमाथि चक्कु प्रहार

भक्तपुर न्यूज

२६ असोज २०८० १०:३४

चीनको बेइजिङमा इजरायली कूटनीतिज्ञमाथि चक्कु प्रहार

काठमाडौं । एक जना इजरायली कूटनीतिज्ञलाई चीनको राजधानी बेइजिङमा चक्कु प्रहार भएको छ। इजरायलको विदेश मन्त्रालयलाई उद्धृत गर्दै टाइम्स अफ इजरायलले शुक्रबार बेइजिङमा ती कूटनीतिज्ञमाथि चक्कु प्रहार भएको जनाएको छ।

ती कूटनीतिज्ञको अहिले अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था स्थिर रहेको बताइएको छ। उनीमाथि किन आक्रमण गरेको भन्ने खुलेको छैन। घटना राजदूतावासभन्दा बाहिर भएको हो। इजरायल र हमासबीच युद्ध भइरहेका बेला इजरायली कूटनीतिज्ञमाथि आक्रमण भएको हो। इजरायलको विदेश मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषद्ले विदेशमा रहेका इजरायलीहरूलाई थप सतर्कता अपनाउन आग्रह गरेको छ।

हमासले शुक्रबारलाई ‘आक्रोशको दिन’ घोषणा गरेकाले विदेशमा रहेका इजरायलीमाथि आक्रमण हुन सक्ने र प्रदर्शनहरूमा हिंसा भड्किन सक्ने भएकाले सजगता अपनाउन आग्रह गरिएको टाइम्स अफ इजरायलले उल्लेख गरेको छ।

प्रकाशित मितिः २०८० असोज २६ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय