इजरायलको हवाइ आक्रमणमा १३ जना बन्धक मारिएको हमासको दाबी

भक्तपुर न्यूज

२६ असोज २०८० ९:२२

इजरायलको हवाइ आक्रमणमा १३ जना बन्धक मारिएको हमासको दाबी

काठमाडौं । प्यालेस्टिनी अतिवादी समूह हमासले गाजामा इजरायलको हवाई आक्रमणमा १३ जना बन्धक मारिएको दाबी गरेको छ ।गाजा पट्टीमा बन्दी बनाएका कम्तीमा १३ इजरायली र विदेशी बन्धक गत २४ घण्टामा हवाई आक्रमणमा मारिएको हमासको सैन्य विभागले जनाएको हो ।

इजरायली लडाकु विमानले निशाना बनाएका पाँच स्थानमा विदेशी सहित उनीहरु मारिएको इज्जेदिन अल-कासम ब्रिगेडले विज्ञप्तिमा भनेको छ । हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेर करिब १५० जनालाई बन्धक बनाएको थियो ।

इजरायलले बिना चेतावनी नागरिकको घरमा बमबारी गरे अरु बन्धकलाई मार्ने हमासले धम्की दिएको छ। त्यसअघि इजरायलले गाजाको उत्तरी क्षेत्र खालि गर्न २४ घण्टाको समय दिएको छ । इजरायली सेनाले गाजाको उत्तरी क्षेत्रमा बसोबास गर्ने ११ लाख मानिसलाई दक्षिणी क्षेत्रमा जान २४ घण्टाको समय दिएको हो ।

प्रकाशित मितिः २०८० असोज २६ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय