नेपालगञ्जको मेयरमा राप्रपाको जीत
नेपालगञ्ज, २० असार । । बाँकेको नेपालगञ्ज उपमहागरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले जित हात परेको छ । राप्रपाले स्थानीय तहको चुनावमा उपमहानगरपालिकामा पहिलो जित हात पारेको हो ।
राप्रपाका उम्मेदवार धवल शम्शेर राणाले १२५१५ मत ल्याएर जित हात पारे । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रसेका डा. सुरेशकुमार कनौडिया ८७३० मत ल्याएर पराजित भए । राणाले ३७८५ मत अन्तरले मेयरमा बाजी मारेका हुन् ।
उपमेयरमा कांग्रेसकी उमा थापमगर विजयी भएकी छिन् । उनले १०७३१ मत ल्याएर उपमेयर पक्का गरिन् । उनकी निकटतम प्रतिस्पर्धी राप्रपाकी रमारानी वैश्यले ८९२४ मत ल्याइन् । नेपालगञ्जका निर्वाचन अधिकृतले अन्तिम मतपरिणाम घोषणा गरिसकेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
